
काठमाडौं, १६ कार्तिक । सेयर काराेबार हुने साताकाे चाैथाे दिन बुधबार पनि सेयर सकारात्मक यात्रामा गएकाे छ । यसदिनकाे सकारात्मक माहोलले लगानीकर्ताकाे मनाेबल उच्च बनाएकाे छ ।
नेप्से परिसूचकका साथ काराेबार रकममा पनि सुधार भइरहेकाे छ । १३ उपसमूहमध्ये तीनबाहेक सबैमा हरियाे लागेकाे छ । उनीहरुकाे सेयरमूल्य बढेकाे छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.३२ अंकले बढेर १९३८.३० विन्दुमा उक्लिएकाे छ । नेप्सेमा ०.३८ प्रतिशतले बृद्धि भएकाे छ । सेन्सेटिभ इण्डेक्स ०.७९ अंकले बढेर ३८२.९४ विन्दुमा पुगेकाे छ । यसिदन २२७ कम्पनीहरुकाे सेयर काराेबार भएकाे छ । ४३ कराेड ४६ लाख ७०८ कित्ता सेयरकाे खिरिदबिक्रीबाट १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

विशेषगरी दिपावलीपछि नेप्सेमा सुधार देखिएकाे हाे भने दैनिक बजारकाे माहाेल सकारात्मक बनिरहेकाे छ । अर्वकाे घेराबाट निकै तल झरेको कुल काराेबार रकममा पनि बृद्धि हुन थालेकाे छ भने यस्ले अर्वकाे घेरा ताेडेकाे छ । यसले लगानीकर्ताहरु सेयर खरिदका लागि बढेकाे मान्न सकिन्छ ।

याे समय निजिकिएकाे निर्वाचनकाे रहेकाे छ । अर्काेतर्फ बैंक तथा वित्तीय संस्थाहरुले पहिलाे त्रैमासकाे वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । याे बेला लाभांशकाे सिजनभएकाेले पनि सेयर बजार उकालाे यात्रामा देखिएकाे मान्न सकिन्छ ।
निर्वाचनकाे कारण बजारमा रकम चलायमान हुने अपेक्षा बढेकाे छ । बजारमा पैसाको चलायमानकाे अवस्थामा बढाेत्तरी भयाे भने पक्कै पनि यसबाट सेयर बजारमा सकारात्मक प्रभाव पर्नेछ ।

यसदिन शिवम् सिमेन्ट कम्पनीको सबैभन्दा बढी काराेबार भएकाे छ । कम्पनीकाे ७ कराेड ८५ लाख ६० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ।
कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ८.७४ प्रतिशतले बढेर प्रतिकित्ता २ सय ८८ रूपैयाँ ५० पैसा कायम भएकाे छ । सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ३.९६ प्रतिशतले घटेर ९ सय ९४ रूपैयाँ कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




