
काठमाडौं, १७ कार्तिक । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन तोलामा रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ४०० ले घटेर तोलाको ९३ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुनमा रुपैयाँ ५०० ले बढेर तोलाको ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि रुपैयाँ ४०० ले घटेर तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुनमा रुपैयाँ ५०० ले बढेर तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले घटेर तोलाको १ हजार २१५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




