चौथो दिनमा नेप्से ओरालाेको यात्रामा, घट्यो कारोबार रकम

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ कार्तिक । तिहारको बिदापछि लागातार तीनदिन उकालो लागेको सेयर बजार चौथो दिनमा अडिन सकेन । उल्टै सयेर बजार ओरालो झरेको छ ।

तीनदिन सकारात्मक बनेर उकालो लागेको सेयर बजार साताको अन्तिम कारोबार हुने दिन बिहिबार ओरालोतिर लागेको हो । यसदिन कारोबार रकम पनि अर्वबाट लाखमा सिमित भएको छ ।

लामो समयदेखि नेप्सेमा भई नकारात्मक प्रभावको कारण लगानीकर्ताहरुमा छाईरहेको निरासा केहि दिन खुसिमा बदलि भएपनि तीन दिनमै नकारात्मक लयमा जाँदा उनीहरुको मनोबल घटाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले बढाएको चर्को ब्याजदरको मारमा परिरहेको र त्यो तिर्न सक्ने अवस्थामा नभएको व्यसायीक क्षेत्रबाट आवाज र आन्दोलन गर्ने कुराहरु बाहिर आउँदै गर्दा नेप्सेमा दोहोरो अंकको गिरावट भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिबार नेप्से परिसूचक १६.१४ अंकले बढेर १९२२.१६ विन्दुमा झरेको छ । नेप्सेमा ०.८३ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ३.५० अंकले घटेर ३७९.४३ विन्दुमा रहेको छ ।

यसदिन कुल २२० कम्पनीको सेयरको कारोबार भएकोमा २७ लाख ६७ हजार ५३९ कित्ता सेयरको खरिदबिक्री भएको छ । यसबाट कारोबार अर्वभन्दा तल भएको छ । अघिल्लो दिन अर्व नाघेको कारोबार शुक्रबार ८९ करोड ८९ लाख ७ हजार ८३० रुपैयाँ बराबरको भएको हो ।

१३ उप समूहहरुमध्ये दुई बाहेक सबैमा रातो लागेको छ । उनीहरुको सेयरमूूल्य घटेको छ । दुईमा हरियो लागेको छ । उनीहरुको सेयरमूल्य बढेको छ । नीर्जिवन बीमा समूहको ०.६२ अंकले र जीवन बीमा समूहको १.४ अंकले बृद्धि भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ४ करोड ३ लाख ५१ हजार १२० रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशतले बढेर प्रतिकित्ता १९ हजार ५ सय रूपैयाँ पुगेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ४.९४ प्रतिशतले घटेर ८ सय ८५ रूपैयाँ कायम भएकाे छ ।