
काठमाडौं, १७ कात्तिक । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको बढेको मूल्यसूची पठाएको छ । इन्डियन आयल कर्पोरेसनबाट निगमलाई प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा ०.६१ रुपैयाँ प्रतिलिटर, डिजेलमा ५.७६ रुपैयाँ प्रतिलिटर मट्टीतेलमा ४.०१ रुपैयाँ प्रति लिटर बढेर आएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
यसबाहेक हवाई इन्धनमा पनि प्रति लिटर ४.७७ रुपैयाँले मूल्य बढेर आएको छ । यो सूचीमा खाना पकाउने एलपी ग्याँसको मूल्य मात्र थोरै घटेर आएको छ ।
निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार हाल निगमलाई डिजेलमा प्रतिलिटर १२.१४ रुपैयाँ तथा खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर २२८.८४ रुपैयाँ घाटा रहेको छ ।
पेट्रोल, हवाई इन्धन तथा मट्टीतेलमा भने केही नाफा हुने र यी सबैलाई समग्रमा हिसाब गर्दा आउँदो १५ दिनमा लगभग १८ करोड रुपैयाँ नाफा हुने निगमको प्रक्षेपण छ । विगतमा पेट्रोलियमको मूल्य पटक पटक घटेर आउँदा पनि आईओसीलाई बुझाउन बाँकी बक्यौता रहेको भन्दै मूल्य समायोजन नगरेको निगमले बढेर आउँदा बढाउने हो कि भन्ने त्रास भने रहेको छ ।
तर निगमले विज्ञप्तिमै पेट्रोलियम पदार्थको खुद्रा मूल्य साविक नै कायम राख्ने उल्लेख गरेको छ । ‘हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको तथा अमेरिकी डलरसँग नेपाली मुद्राको विनियम दर कमजोर हुँदै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र ईण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै पनि चुनौतीपूर्ण अवस्था रहेको छ । निगमको यस विषम परिस्थिति एवं बाध्यात्मक अवस्थालाई दृष्टिगत गरी हाललाई पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ। साथै यसवाट उपभोक्तावर्गमा पर्न जाने असुविधा प्रति निगम क्षमाप्रार्थी छ’, विज्ञप्तिमा भनिएको छ ।

‘








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




