अर्थमन्त्री पौडेलको पहिलो हस्ताक्षर २० करोड अमेरिकी डलर ऋण लिने निर्णयमा

-



     सफल आवाज    
     असाेज २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ असोज । अर्थमन्त्रीमा नियुक्त भएपछि पदभार सम्हाल्न अर्थ मन्त्रालयमा गएका अर्थमन्त्री विष्णु पौडेलले पहिलो हस्ताक्षर २० करोड अमेरिकी डलर ऋण लिने बारेको निर्णय पुस्तिकामा गरेका छन ।

सिंहदरबार गएर अर्थमन्त्री पौडेलले काेराेना भाइरसकाे संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्न विश्व बैंकबाट लिईने २० करोड ऋणको बारेमा भएको निर्णयमा हस्ताक्षर गरेका हुन ।

अर्थमन्त्रालयमा अर्थमन्त्री पौडेलको यो दोश्रो पटकको उपस्थिति हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेलामा पनि पौडेल अर्थमन्त्री बनेका थिए ।