काठमाडौं, २९ असोज । विगत दुई वर्षदेखि नक्कली सुरक्षाकर्मी बनेर एक व्यक्तिले व्यवसायीलाई छक्याउँदै आए, तर कसैले पत्तो पाउन सकेनन् । उसले प्रहरीले बोक्ने जस्तै सञ्चार सेट (वाकीटकी) र सुरक्षा निकायको पोशाकसमेत प्रयोग गर्दै काठमाडौँ उपत्यकामा व्यवसायीलाई प्रभाव पार्दै कतिपयबाट रकम समेत लिएको पाइएको छ ।
अन्तत दुई वर्षपछि आज महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेपछि रहस्य खुलेको हो । उनी नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै हिँड्ने व्यक्ति भएको महाशाखाले जनाएको छ । आफू सुरक्षाकर्मी भएको बताउँदै काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा रातिको समयमा व्यवसायीलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिने गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।
उक्त सूचना प्राप्त भएपछि महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलील रामेछाप खाडोदेवि घर भई काठमाडौँको बानियाटार बस्ने गोविन्द खड्कालाई पक्राउ गरेको थापाले बताए । उनले प्रहरीको ‘नेम प्लेट’ तथा लुगा समेत प्रयोग गर्दै आएका थिए । उनको साथबाट सञ्चार सेट, गोविन्द खड्का लेखिएको ‘नेम प्लेट’, विभिन्न सुरक्षा निकायको पोशाक, सुरक्षाकर्मीले लगाउने वुट जुत्तालगायत बरामद गरिएको छ ।
बरामद सञ्चार सेटले अन्य सुरक्षा निकायका सञ्चार सेटका फ्रिक्वेन्सी टिप्ने गरेको पाइएको छ । उनले सेनाको पोशाकको समेत दुरुपयोग गरेको पाइएको प्रहरीले बताएकाे छ । बरामद भएको सञ्चार सेट विदेशी पर्यटक सगरमाथा आरोहणको समयमा आउने क्रममा नेपालीलाई राख्न दिएको र त्यही सेट दुरुपयोग गर्दै आएको प्रहरीले जनाएको छ ।
महाशाखाले कोही कसैलाई विभिन्न प्रभावमा पारी ठगी गरेको भएमा सम्पर्कमा आउन अनुरोध गरेको छ । उनलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाईएको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



