
काठमाडाैं, असाेज ३० । सर्वोच्च अदालतले लोकसेवा आयोगलाई सबै परीक्षार्थी सम्मिलित हुन पाउने गरी परीक्षाको व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश सपना मल्लको बिहिबारकाे एकल इजलासले आयोगले लिने परीक्षामा सङ्क्रमितलाई पनि सामेल गराउन अन्तरिम आदेश दिएको हो । सङ्क्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ को बुँदा ८(१)को कार्यान्वयन नगर्न नगराउन समेत आयोगलाई दिएको आदेशमा उल्लेख गरिएको छ ।
आयोगले जारी गरेको सङ्क्रमणको विशेष व्यवस्थामा परीक्षासम्बन्धी मापदण्डमा कोभिड –१९ को सङ्क्रमणबाट सङ्क्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न नपाउने व्यवस्था गरिएको थियो । संङ्क्रमित परीक्षार्थीलाई पनि सुरक्षित तरिकाले परीक्षाको व्यवस्थापन गर्न माग गर्दै मानवअधिकार रक्षक सञ्जालसंँग आबद्ध शैलेन्द्रप्रसाद अम्बेडकरले रिट निवेदन दिएका थिए ।
सबै परीक्षार्थीलाई र परीक्षा लिने वा व्यवस्थापनमा संलग्न हुने व्यक्तिले सुरक्षित तरिकाले परीक्षा लिन र परीक्षा व्यवस्थापन गर्ने वातावरण निर्माण गर्नू गराउनू भन्ने आदेशमा भनिएको छ । स्वघोषित सङ्क्रमित व्यक्तिलाई निजको गोपनीयता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्न भनिएको छ ।
आदेशमा महामारीका समयमा परीक्षा सञ्चालन हुन लागेका अवस्थामा आयोगको मापदण्डले संंङ्क्रमित मात्र परीक्षा दिन वञ्चित भई उनीहरुको संविधानप्रदत्त पेशा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाका आधारमा विभेदविरुद्धको हक, छुवाछूत तथा भेदभावविरुद्धको अधिकारको समेत उल्लङ्घन हुन जाने बताइएको छ ।रासस






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



