
कास्की, २० कार्तिक । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलसहितको टोलीले कास्कीको माछापुच्छ्रे गाँउपालिका-८ स्थित अलैँचीको सुपरजोन मानिने कोलेली र धितालको स्थलगत अनुगमन गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको अनुदानमा गरिएको अलैँची खेतीको अनुगमनको क्रममा प्रमुख पौडेल नगदे बालीको रुपमा चिनिने अलैँची खेती प्रति कृषकहरु निकै उत्साहित सँगै खेती विस्तारका लागि कृषकबाट माग भएको बताए ।
‘माछापुच्छ्रेबासीलाई अलैँची खेतीबाटै आत्मनिर्भर बनाउन सकिने सम्भावना प्रशस्त रहेछ । सेपिलो जग्गामा हुने अलैची खेतीमा कृषकको उत्साह र मेहनत पनि राम्रो देखियो’, उनले भने । खेर गएको जमिनलाई सदुपयोग गर्दै एकचोटिको मेहनतले लामो समय प्रतिफल लिन पाइने भएकाले यस क्षेत्रलाई अलैंची गाउँको रुपमा विकास गरी कृषकका लागि थप कार्यक्रम ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका परियोजना कार्यान्वय इकाइ कास्कीका प्रमुख एवम वरिष्ठ कृषि अधिकृत रोशन अधिकारीले कास्कीका माछापुच्छ्रे, अन्नपूर्ण र मादि गाउँपालिका विभिन्न वडाहरुमा अलैँची खेतीलाई अनुदान दिइएको र त्यसको प्रतिफल पनि राम्रो पाइएको बताए । उनले भने, ‘माछापुच्छ्रेको कोलेली, धिताल अलैँची जोनको अनुगमनमा कृषकहरु यसखेतीबाट लाभान्वित भएको पायौँ, व्यक्तिगत र समूहमा गरेर अलैँची खेती गर्नुभएको छ।’

उनले अनुदानबाट सिँचाइमा ८५ प्रतिशत र क्षेत्र विस्तार कार्यक्रम, चक्लाबन्दी, अलैँची सुकाउने आधुनिक भट्टि निर्माण, यन्त्र उपकरण, नर्सरी, अलैचिको बेर्ना लगायतमा ५० प्रतिशत अनुदान दिने गरिएको जानकारी दिए ।
अनुगमनको क्रममा केही कृषकको माग सम्बोधन नभएको गुनासो, बिक्रीका लागि भारतीय बजारको भर पर्नु परेको, केही ठाउँमा छहारी व्यवस्थापन गर्नुपर्ने आवश्यता, अलैँची बाली कटान त्यस पूर्वका कार्यका लागि स्थानीय कामदारको अभाव लगायतका समस्याहरु कृषकले सुनाएका थिए । यस कार्यक्रमले कृषकहरुलाई अलैंची खेति तर्फ आर्कषित गरेको उहाँको भनाइ छ ।
अनुगमनमा समन्वय अधिकारी नवराज बराल, परियोजनाका लेखापाल मिलन भुजेल, कृषि इन्जिनियम अर्जुन गौतम र पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा लगायत स्थानीय अलैँची कृषकहरुको उपस्थिति रहेको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




