नेप्से परिसूचक घटे पनि काराेबार रकम २ अर्ब माथि

-



     सफल आवाज    
     कार्तिक २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ कार्तिक । आईतबार साताको सेयर कारोबार भएको पहिलो दिन नेप्सेमा ४३.२० अंकको बृद्धिले अब सेयर बजार उकालो लाग्न लागेको हो कि भन्ने अपेक्षा गरिएकोमा त्यसको भोलिपल्टै आज ओरालो लागेको छ ।

तर कारोबार रकममा भने उल्लेख्य सुधार भएको छ । दुई महिनापछि काराेबार रकम दुई अर्ब माथिकाे भएकाे हाे ।

बजारमा क्रेताहरुका साथसाथै नाफाकाे बुक गर्नेहरु पनि सक्रिय भएका छन् । उनीहरुकाे सक्रियता भएपछि नेप्से परिसूचक अस्थिर भएकाे लगानीकर्ताकाे आकलन रहेकाे छ । आज बजार बन्द हुँदाकाे बेलामा सेयर बिक्रेताहरु बढी सक्रिय भएकाे देखिएकाे छ । यसैकाे कारणले नेप्से परिसूचकमा दबाब परेकाे हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.४३ अंकले घटेर १९५८ विन्दुमा झरेको छ । नेप्सेमा ०.३३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.१९ अंकले घटेर ३८५.३३ विन्दुमा रहेको छ ।

यसदिन कुल २२४ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ४९ लाख ४४ हजार ७६ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहरुमध्ये पाँच वटामा हरियो लागेको छ । उनीहरुको सेयरमूल्य बढेको छ । बाँकी ८ वटा उपसमूहमा रातो लागेको छ । उनीहरुको सेयरमूल्य घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सबैभन्दा बढी जाल्पा सामुदायीक लघुवित्त वित्तीय संस्थाको कारोबार भएको छ । संस्थाको १५ करोड १६ लाख १३ हजार १६३ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ८.१३ प्रतिशतले बढेर एक सय ९८ रूपैयाँ १० पैसा पुगेकाे छ । ग्लोबल आईएमई लघुवित्त वित्त्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ५.७० प्रतिशतले घटेर प्रतिकित्ता एक हजार २ सय ७ रूपैयाँ कायम भएकाे छ ।