
काठमाडौं, २२ कार्तिक । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि सेयर बजारले ओरालाेको यात्रालाई निरन्तरता दिएको छ । चार उपसमूहहरुमा मात्रै हरियो लागेको छ । बाँकी ९ वटामा रातो लागेको छ । कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन २ अर्ब माथिको कारोबार भएकोमा सदिनको कारोबार १ अर्बमा झरेको छ । यो साता केहि हरियोको लक्ष्यण् देखाएकोमा त्यसले पनि निरन्तरता पाउनेमा आशंका गरिएको छ । यसल लगानीकर्तामा जगोको उत्साहलाई घटाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.५७ अंकले घटेको छ । यसरी घटेको नेप्से १९५६.३६ विन्दुमा झरेको छ । नेप्सेमा ०.१३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.१२ अंकले घटेर ३८४.२१ विन्दुमा रहेको छ ।

यसदिन कुल २२६ कम्पनीको सेयर कारोबार भएको छ । २७ लाख ७३ हजार ७३७ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ५ कराेड ३१ लाख ३७ हजार ४६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कुल १३ उपसमूहहरुमध्ये चार वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी रहेका ९ वटामा राताे लागेको छ । उनीहरुको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ८ करोड ५७ लाख ३२ हजार १२२ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

लाइफ इन्स्याेरेन्स कर्पाेरेशनकाे सेयर सबैभन्दा बढी ४.२२ प्रतिशतले बढेर एक हजार ३ सय ७९ रूपैयाँ ९० पैसा पुगेकाे छ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ५.७७ प्रतिशतले घटेर ९ सय २२ रूपैयाँ ५० पैसा कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




