उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने

-



     सफल आवाज    
     असाेज ३० गते २०७७ मा प्रकाशित



काठमाडौं, ३० असोज । नेपाल उद्योग वाणिज्य महासंघ ५४ औं साधारणसभाको पखाईमा रहेको छ । कोरोना भाइरसको महामारीका कारण तीन पटकसम्म स्थगन भएको साधारणसभा तथा निर्वाचन मंसिरको ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा आयोजना हुने महासंघले जनाएको छ ।

यस पटक कोरोना भाइरसको संक्रमणको कारण सरकारले तोकेका स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डलाई अपनाउँदै महासंघको साधारणसभा तथा निर्वाचन भर्चुअल विधिले गर्ने तयारीमा लागिएको महासंघले जनाएको छ ।

महासंघले निर्वाचनका लागि तीनवटा स्थान तोकेको छ । कोरोनाको कहर कायमै रहिरहेको बेलामा स्वास्थ्य सुरक्षालाई ध्यान दिदैं मंसिर १३ गतेको निर्वाचनलाई मध्येनजर गरेर निर्वाचनका लागि तीन स्थान तोकिएको हो । महासंघका अनुसार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, कार्की ब्यांकेट बबरमहल र महासंघको टेकुस्थित कार्यालयमा निर्वाचनका कार्यक्रम हुनेछन् । निर्वाचन महासंघका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र कार्यकारिणी सदस्यहरुको लागि हुन लागेको छ ।

साधारणसभाका विषयसूचिहरुमा मंसिर ११ गते बिहिबार अपरान्ह ४ बजे साधारणसभाको भर्चुअल उद्घाटन हुनेछ । मंसिर १२ गते बिहान ९ बजेदेखि बन्द शत्रका कार्यक्रम शुरु हुने भएका छन् । अध्यक्षको संवोधन र अनुमोदन, वार्षिक प्रतिवेदन प्रस्तुती र अनुमोदन, आर्थिक वर्ष ०७५/०७६ को लेखा परिक्षण प्रतिवेदनमाथि छलफल र अनुमोदन, २०७६/०७७ का लागि लेखा परिक्षक नियुक्ति र पारिश्रमिक र ५४ औं वार्षिक साधारणसभामा विचारार्थ प्रस्तुत प्रस्तावहरुको छलफल तथा निर्णय लगायतका विषय रहेका छन् ।

अन्तिम दिन मंसिर १३ गते शनिवार निर्वाचनको कार्यक्रम रहेको महासंघका महासचिव धरणीधर खतिवडाले जनाएका छन् ।