ङादी ग्रुप पावर कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ कार्तिक । ङादी ग्रुप पावर कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्जले कम्पनीकाे हकप्रद सेयर शुक्रबार सूचीकृत भएकाे जानकारी दिएकाे हाे । 

कम्पनीले एक सूचना प्रकाशित गरेर १५० प्रतिशत हकप्रद सेयर अर्थात १ कराेड ६ लाख ३ हजार ९८६ कित्ता सेयर सूचीकृत भएकाे जनाएकाे हाे ।

ङादी ग्रुप पावरकाे साउन १८ गते देखि भदौ ७ गतेसम्म १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याइएकाे थियाे ।

१ः१.५ को रेसियाेमा रुपैयाँ १०० अंकित दरकाे १५० प्रतिशतले हुने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद सेयर जारी गरिएकाेमा साेहि सेयर सूचिकृत भएकाे हाे ।

कम्पनीले हकप्रद सेयर निष्काशनका लागि असार २० गते बुकक्लोज गरेको थियो । यसमा असार १९ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम भएका लगानीकर्ताले हकप्रदमा दावि गरेका थिए ।