‘नबिल फ्लेक्सी क्याप फण्ड’ मा अब मंसिर ७ गतेसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ कार्तिक । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कार्तिक २३ गतदेखि जारी गरेकाे खुलामुखी म्युचुअल फण्ड ‘नबिल फ्लेक्सी क्याप फण्ड’ मा आवेदन दिने म्याद थप भएकाे छ ।

यसअघि कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने साे फण्डमा आवेदन दिने म्याद कात्तिक २७ गतेसम्म ताेकेकाेमा अब नबिल फ्लेक्सी क्याप फण्डको इकाईका लागि मंसिर ७ गतेसम्म आवेदन दिन सकिने छ।

प्रतिइकाई १० रुपैयाँ दरको ७ करोड इकाईबाट घटीमा १ करोड १२ लाख इकाई कोष प्रबर्धकका तथा र फण्डकाे व्यवस्थापकका लागि रहेकाे छ।

यसबाट कोष प्रबर्धक र योजना व्यवस्थापकका लागि १४ प्रतिशत रहेको छ। बाँकी रहेकाे ६ करोड ३७ लाख ५० हजार इकाई निष्काशन गरिएकाे हाे। सर्वसाधारणका लागि पहिलो चरणमा ५ करोड इकाई निष्काशन गरिएकाे छ ।

लगानीकर्ताले इकाई खरिदका लागि घटीमा १०० तथा बढीमा ७५ लाख इकाईका लागि आवेदन दिन पाउनेछन्। यसमा सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र ताेकिएका शाखाबाट आवेदन दिन पाइने भएकाे छ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।