१३ अर्ब ८५ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ कार्तिक । नेपाल राष्ट्र बैंकले १३ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको लागि लिलामी सूचना जारी गरेकाे छ । बैंकले भाेलि साेमबार यसकाे बाेलकबाेल गर्नेछ । सबै बील कात्तिक २९ गते जारी हुनेछन् ।

कात्तिक २९ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल साेमबार गरिने भएकाे छ । बैंकले २८ दिनकाे ट्रेजरी बिलको लागि रुपैयाँ २ अर्ब, ९१ दिनका लागि रुपैयाँ २ अर्ब तथा १८२ दिनकाे ट्रेजरी बिलका लागि ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएकाे हाे।

२८ दिने ट्रेजरी बिल मंसिर २७ मा परिपक्व हुनेछ । ९१ दिने ट्रेजरी बिल फागुन २ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी बिल २०८० साल जेठ २ गते परिपक्व हुने बैंकले जनाएकाे छ । 

राष्ट्र बैंकका अनुसार तीनवटै ट्रेजरी बिलहरुको साेमबार भोलि दिउँसो २ बजे अनलाइनमार्फत बोलकबोल गरिनेछ। यसका लागि सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारणले सहभागिता जनाउन पाउनेछन् । 

ट्रेजरी बिलकाे यस बोलकबोलमा सबैभन्दा बढी मूल्य कबाेल गर्नेलाई प्राथमिकतामा राखीने भएकाे छ । साथै साेहि अनुसार आह्वान गरिए बमाजिम ट्रेजरी बिलको बाँडफाँड गरिनेछ।

राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन यस्ताे ट्रेजरी बिल ल्याउने गर्छ । जाे १ वर्ष वा त्याेभन्दा कम समयका लागि प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्रकाे रुपमा रहेकाे हुन्छ।

यस्ताे छ राष्ट्र बैंककाे सूचना: