शिवम् सिमेन्ट्सकाे नाफा ३१.९४ प्रतिशतले बढ्यो

-



     सफल आवाज    
     कार्तिक २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ कार्तिक । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउदा ३१.९४ प्रतिशतले नाफा कमाएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे वित्तीय विवरणका अनुसार कम्पनीको याे नाफा गएकाे वर्षकोभन्दा बढी हाे ।

यस आर्थिक वर्षको असोज मिहनाकाे अन्त्यसम्मकाे खुद नाफा रुपैयाँ २७ करोड ४७ लाख रहेकाे छ। जाे गएकाे वर्षकोभन्दा ३१.९४ प्रतिशतले धेरै हाे । कम्पनीले खर्चकाे सिमा घटाएकाे र अन्य आम्दानीमा बृद्धि भएकाे कारण खुद नाफा बढ्नमा सहयाेग भएकाे हाे । यद्यपि सञ्चालन आम्दानी भने घटेकाे छ ।

कम्पनीको सञ्चालन आम्दानी ३०.४६ प्रतिशतले घटेको छ । अन्य आम्दानीतर्फ ३ हजार २४८.४३ प्रतिशत बढेको देखिन्छ। अन्य आम्दानी बढेर रुपैयाँ ३१ करोड ३४ लाख रहेकाे छ। गएकाे वर्षमा याे रुपैयाँ ९३ लाखमा सिमित थियाे । कम्पनीकाे होङ्गसी सिमेन्टले दिएकाे लाभांशबाट आम्दानी बढेकाे हो। यसैले खुद नाफामा बृद्धि हुन सहयाेगि भएकाे भएकाे हाे ।

कम्पनीको ईपिएस आम्दानी ६ रुपैयाँ ५ पैसा बढेर २४ रुपैयाँ ९८ पैसा भएकाे छ। प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ९ पैसा र मूल्य आम्दानी रेसियाे २५.६८ गुणा रहेको देखिन्छ।