
काठमाडौं, २८ कार्तिक । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य गिरावट भएको छ । छापावाल सुनमा रुपैयाँ १ सय तथा सेतो धातु चाँदीमा रुपैयाँ रुपैयाँ ५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन पहेंलो धातु छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि रुपैयाँ १ सयले घटेर तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले गिरावट भई तोलाको १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




