
काठमाडौं, २८ कात्तिक । नेपालमा केबल इन्टरनेट चलाउनेको संख्या २३ लाख हाराहारी पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको २०७९ साउन मसान्तसम्मको विवरण अनुसार इन्टरनेट सेवा प्रदायक अर्थात् आइएसपी मार्फत केबल र अप्टिकल फाइबरबाट इन्टरनेट प्रयोग गर्नेको संख्या २२ लाख ७७ हजार ९८ पुगेको छ ।
दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले प्रत्येक महिनाको एमआइएस तथ्याङ्क सार्वजनिक गर्ने गरेको छ जसमा उसको क्षेत्रधिकारभित्र पर्ने टेलिफोन, इन्टरनेट लगायतका सेवाहरुको विभिन्न तथ्यहरु समावेश गरिएको हुन्छ ।
एक वर्षअघिको सोही अवधि अर्थात् २०७८ साउन मसान्तसम्म १६ लाख ६८ हजार १५९ जनाले इन्टरनेट सेवा प्रदायकबाट तरमार्फत इन्टरनेट चलाउने गरेकोमा एक वर्षको अवधिमा तारबाट इन्टरनेट चलाउनेको संख्या ६ लाख ८ हजार ९३९ ले बढेर २२ लाख ७७ हजार ९८ पुगेको देखिन्छ ।

नियमित सेवा दिइरहेका ५८ वटा आइएसपीमध्ये ५४ वटाले अप्टिकल फाइबरमार्फत् तथा केहीले सामान्य केबलमार्फत् इन्टरनेट सेवा दिइरहेका छन् । केहीले भने वायरलेस पद्धतिबाट पनि आफ्ना ग्राहकलाई इन्टरनेट सेवा प्रदान गरिरहेको तथ्याङ्कले देखाएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




