१९०४ विन्दुमाथि उक्लियो नेप्से, परिसूचकसँगै कारोबारमा सुधार

-



     सफल आवाज    
     कार्तिक २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ कार्तिक । साताको सेयर कारोबार हुने दोेश्रो दिन सोमबार नेपाली सेयर बजारमा हरियाली वातावरण देखिएको छ । लगातारको सेयर बजारको गिर्दो स्थितिले लगानीकर्ताहरुको मनोबल माथि उठ्न नसकिरहेको बेला आजको उकालो लागेको दृश्यले उत्साही बनाएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार कारोबारमा अघिल्लो दिनकाे तुलनामा सुधार भएको छ भने आज पनि एक अर्बको घेरोभन्दा माथि भने जान सकेन ।

नेप्से परिसूचक २१.२६ अंकले बढेर १९०४.४३ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.१३ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ४.५० अंकले बढेर ३७५.०३ विन्दुमा पुगेको छ । यसमा १.२१ प्रतिशतले बृद्धि भएको छ ।

यसदिन कुल २२६ कम्पनीको सेयर कारोबार भएको छ । २४ लाख ५२ हजार ८४ कित्ता सेयरको खरिदबिक्रीबाट ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँ २२ पैसा बराबरको कारोबार भएको छ ।

आज पनि कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको १० करोड ९६ लाख ४३ हजार २७५ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ । कम्पनीको आईतबारको कारोबार १० करोड ३९ लाख बढीको भएको थियो ।

यसपछि दोश्रो क्रममा बढी सेयर कारोबार गर्नेहरुमा हिमालयन डिष्टिलरी लिमिटेड रहेको छ । कम्पनीको ८ करोड ९९ लाख ५ हजार ८३३ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

तेश्रोमा न्यादी ग्रुप पावर लिमिटेडको ७ करोड ८३ लाख ४५ हजार ९६३ रुपैयाँ बराबरको कारोबार भएको छ । चौथोमा रहेको गुर्खाज फाईनान्स लिमिटेडको २ करोड ५३ लाख १० हजार ७९१ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

पाँचौ बढी कारोबार गर्नेमा नेष्डो संबृद्ध लघुवित्त वित्तीय संस्थाको २ करोड ४७ लाख २८ हजार ३२७ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी तारागाउँ होटल रिजेन्सिले गुमाएको छ । होटलको ९.८४ प्रतिशतले घटेको छ । दोश्रोमा सप्तकोशी विकास बैंकको ८.३९ प्रतिशतले, तेश्रोमा बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनीको ७.२९ प्रतिशतले, चौथोमा रिभर फल्स पावर लिमिटेडको ७.२५ प्रतिशतले र पाँचौमा लिवर्टी ईनर्जि कम्पनीको ६.६७ प्रतिशतले कारोबार घटेको छ ।