
काठमाडौं, २९ कार्तिक । बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले मंसिर २३ गते साधारणसभा आव्हान गरेका छन् । दुबै बैंकले लाभांश वितरणकाे प्रस्ताव तथा मर्जरकाे प्रस्तावलाई पारित गर्नका लागि साधारण सभा बाेलाएका हुन्।
बैंक अफ काठमाण्डूले २८औँ वार्षिक साधारणसभा मंसिर २३ गते काठमाडौँ टुडिखेलमा रहेकाे त्रिभुवन आर्मी अफिसर्स क्लबमा पूर्वान्ह १० बजे बाेलाएकाे छ। सभाबाट ६ प्रतिशत बोनस सेयर तथा करकाे प्रयोजनसहित १४.९५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ।
उता ग्लोबल आइएमई बैंकले १६औँ साधारण सभा काठमाडौँ गैह्रीधारामा रहेकाे सिल्भर ओक बैंकेट एण्ड इभेन्ट्स सेन्टरमा पूर्वान्ह १० बाेलाएकाे छ। सभाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत गरेर १०.६ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्तावलाई पारित गरिनेछ।
साधारणसभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज हुने बारेमा तय भएकाे सम्झौता पत्रलाई अनुमाेदन गर्ने, यसका लागि बाँकी सबै काम पूरा गरेर अन्तिम स्वीकृती दिने, १ बराबर १ को स्वाप अनुपात मान्य हुने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
मर्जरमा जाने प्रक्रियामा गएपछि असार २ गतेदेखि दुबै बैंकहरुको सेयर काराेबार भएकाे छैन्।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




