
काठमाडौं, ३० कार्तिक । सानिमा क्यापिटलले बिक्रीमा ल्याएकाे सानिमा ग्रोथ फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। क्यापिटलले कात्तिक १६ गतेदेखि सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने फण्डको इकाई निष्काशन तथा बिक्री खुला गरेको थियाे ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँकाे दरमा १२ करोड इकाई निष्काशन गरेको थियाे । यसमा घटीमा १ करोड ५६ लाख इकाईकाे कोष प्रबर्धक रहेकाे सानिमा बैंकका लागि रहेकाे छ । २४ लाख इकाई योजना व्यवस्थापक रहेकाे सानिमा क्यापिटलका लागि रहेकाे छ।
इच्छुक लगानीकर्ताले बाँकी रहेकाे १० करोड २० लाख इकाईका लागि आवेदन दिन पाउनेछन्। यसमा घटीमा १०० इकाईका लागि आवेदन दिन पाइनेछ । बढीमा १ करोड २० लाख इकाईका लागि आवेदन पेश गर्न पाइनेछ।
इकाईमा लगानीका लागि सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन पाइने भएकाे छ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




