सुनको भाउ १ लाख हाराहारी, चाँदीमा गिरावट

-



     सफल आवाज    
     कार्तिक ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० कार्तिक । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउमा बृद्धि भएको छ । चाँदीको भाउ भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ २०० ले बढेको र चाँदीमा रुपैयाँ ३० ले घटेको जानकारी दिएको छ । यसरी हेर्दा सुनको भाउ ताेलाकाे रुपैयाँ १ लाख नजिक पुग्न लागेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ २०० ले बढेर तोलाको ९८ हजार ४०० रुपैयाँ पुगेको छ । यसअघि मंगलबार छापावाल सुनमा एकैदिन रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ ३० ले बृद्धि भएको थियो ।

मंगलबार पहेलो धातु छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भई कारोबार भएको थियो ।

यसदिन तेजाबी सुनमा पनि रुपैयाँ २०० ले बढेर तोलाको ९७ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुनमा रुपैयाँ १ हजारले बृद्धि भएर तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजाबी सुन तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ३० ले गिरावट भई तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदीमा रुपैयाँ ३० ले बढेर तोलाको १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।