
काठमाडौं, ३० कार्तिक । सोमबार उकालो लागेर लगानीकर्तालाई उत्साही बनाएको नेपाली सेयर बजारको हरियो दृश्य भोलिपल्ट राताम्मै भएकाेमा फेरी मंगलबारको रातो दृश्यलाई बदल्दै बुधबार सेयर बजार हरियालीमा परिणत् भएको छ । यसदिन नेप्सेमा दोहोरो अंकको बृद्धि भएकाे छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा कम भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.४० अंकले बढेर १९११.२६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.८६ अंकले बढेर ३७६.५७ विन्दुमा पुगेको छ ।
यसदिन फ्लोट इण्डेक्स ०.८५ अंकले बढेर १३३.६६ विन्दुमा रहेको छ । सेन्सेटिभ फ्ला्ेट इण्डेक्स भने ०.९२ अंकले बढेर १२२.८५ विन्दुमा रहेको छ ।
यसदिन कुल २३२ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको २४ लाख ९५ हजार ६१२ कित्ता सेयरको कारोबारबाट ८५ करोड ९४ लाख ६८ हजार १५८ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
यसदिन कारोबार गर्ने कम्पनीहरुमामध्ये रिडी पावर कम्पनी लिमिटेडको सबैभन्दा ६ करोड ३ लाख ३८ हजार ६३० रुपैयाँ बराबरको कारोबार भएको छ ।
दोश्रोमा हिमालयन डिष्टिलरी लिमिटेडको ४ करोड १ लाख ९० हजार ७१६ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ तेश्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ८१ लाख २६ हजार ३३० रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।
चौथोमा धेरै कारोबार गर्नेमा शिवम् सिमेन्टको ३ करोड ७८ लाख ५८ हजार ५२३ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ । पाँचौमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको २ करोड ७८ लाख १४ हजार ९४६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
यसदिन धेरै गुमाउने पाँच कम्पनीहरुमा सिक्लेस हाईड्रोपावर लिमिटेडको १० प्रतिशतले, गणपती लघुवित्त वित्तीय संस्थाको ७.७१ प्रतिशतले, नारायणी विकास बैंकको ५.५३ प्रतिशतले, रिडी पावर कम्पनीको ५.४४ प्रतिशतले र तेह्रथुम पावर कम्पनीको ४.६५ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




