
काठमाडौं, १ मंसिर । नेपाल राष्ट्र बैंकले आज रुपैयाँ १४ अर्ब ८१ करोडकाे ट्रेजरी बिलको बोलकबोल गर्दैछ। बैंकले मंसिर ६ गते जारी गरिने ९१ दिनकाे लागि ट्रेजरी बिलको बोलकबोल गर्न लागेकाे हाे ।
यस्तै १८२ दिनकाे लागि र ३६४ दिनकाे लागि साे ट्रेजरी बिलको बोलकबोल आजै गर्न लागेकाे हाे । राष्ट्र बैंककाअनुसार ९१ दिनका लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ रहेकाे छ । १८२ दिनका लागि १२ अर्ब ४७ करोड रुपैयाँ तथा ३६४ दिनका लागि ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरिदैछ ।
९१ दिने ट्रेजरी बिल फागुन ९ गते परिपक्व हुनेछ । १८२ दिने २०८० जेठ ९ गते र ३६४ दिने ट्रेजरी बिल २०८० मंसिर ५ गते परिपक्व हुनेछ ।
केन्द्रीय बैंकले तीनवटै ट्रेजरी बिलको आज दिउँसो २ बजे अनलाइनबाट बोलकबोल हुने जनाएकाे छ। यसका लागि सबै वर्गका बैंक, वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारणले सहभागिता जानउन सक्नेछन् ।
बैंकले यी बीलहरुकाे बोलकबोलमा सबैभन्दा बढी मूल्य राख्तोनेलाई अग्रतामा राखेर साेहि अनुसार माग गरिएकाे रकम बमाेजिम ट्रेजरी बिलको बाँडफाँड गरिनेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




