प्रि ओपन सेसनमा नेप्से करिब १ अंकले वृद्धि

-



     सफल आवाज    
     मंसिर १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ मंसिर, साताको कारोबार हुने अन्तिम दिन आज बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचकमा १ अंक हाराहारी वृद्धि भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार १३.४० अंकले बढेर १९११.२६ विन्दुमा बन्द भएको नेप्से परिसूचक  आजको प्रि ओपन सेसनमा ०.९७ अंक बढेर १९१२.२४ विन्दुमा पुगेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा भने ०.१० अंकले कमी आएको छ ।

आज बिहीबारको प्रि ओपन सेसनमा ११ वटा स्टकको १ लाख ९२ हजार ८२२ रुपैयाँ ४० पैसा बराबरको २२१ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ७ वटा स्टकको मूल्य बढेको छ भने ३ वटा स्टकको मूल्य घटेको छ । बाँकी एउटा स्टकको मूल्य स्थिर रहेको छ ।