घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     मंसिर १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ मंसिर । बिहिबार सुन र चाँदी दुबैको भाउ घटेको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन आज छापावाल सुनमा रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ४०० ले घटेर तोलाको रुपैयाा ९८ हजारमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा यसदिन रुपैयाँ १० ले बढेर तोलाको १ हजार २८५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदीको भाउ तोलाको १ हजार २९५ रुपैयाँ कायम भई कारोबार भएको थियो ।