२५.५७ अंकले बढ्यो नेप्से, कारोबारमा रिडी पावर अब्बल

-



     सफल आवाज    
     मंसिर १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ मंसिर । साताको अन्तिम कारोबार हुने दिन बिहिबार नेपाली सेयर बजारमा अघिल्लो दिनकै हरियाली वातावरण देखिएको छ । यसले सेयर लगानीकर्ताहरुलाई उत्साही बनाएको छ ।

निर्वाचनको बेलामा धेरै मात्रामा रकम चलायमान हुने र बजारमा छरिने अपेक्ष गरिरहेको बेलामा चुनाव आउन ४ दिन बाँकी रहँदा सेयर बजारको उकालो लागेको यात्राले बजारमा सुधार हुन लागेको हो कि भन्ने आशा बढाएको छ । सूचकहरुका साथमा यसदिन कारोबारमा पनि सुधार भएको छ भने कारोबार १ अर्ब माथि पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २५.५७ अंकले बढेर १९३६.८३ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.३४ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स भने ४.४९ अंकले बढेर ३८१.०६ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२३ कम्पनीहरुको सेयर कारोबार भएको छ । ४३ लाख ८४ हजार ४ कित्ता सेयरको खरिद बिक्रीबाट १ अर्ब ७१ करोड ५४ लाख १९ हजार २८६ रुपैयाँ ४२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी रिडी पावर कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको १४ करोड ३९ लाख १५ हजार ९७२ रुपैयाँ बराबरको कारोबार भएको छ।

दोश्रोमा शिवम् सिमेन्टको १३ करोड ४० लाख २७ हजार २८८ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ । तेश्रोमा धेरै कारोबार हुनेमा हिमालय डिष्टिलरी लिमिटेडको १० करोड २९ लाख ६३ हजार ८७३ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

चौथोमा फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ७ करोड ९० लाख ६५ हजार २७४ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

पाँचौमा हिममालयन पावर पार्टनर लिमिटेडको ६ करोड १३ लाख २६ हजार ८३२ रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन सबैभन्दा धेरै सिकलेस हाईड्रोपावर लिमिटेडले १० प्रतिशतले गुमाएको छ ।