लाभांश पारित गर्न स्टान्डर्ड चार्टर्ड बैंकले बाेलायाे साधारणसभा

-



     सफल आवाज    
     मंसिर २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ मंसिर । स्टान्डर्ड चार्टर्ड बैंकले लाभांश वितरणकाे प्रस्ताव पारित गर्न मंसिर २५ गते साधारण सभा बाेलाएकाे छ । बैंकले काठमाडौं भद्रकालीमा रहेकाे आर्मी अफिसर्स क्लब ३६औं वार्षिक साधारण सभा बाेलाएकाे हाे ।

बैंककाे साधारण सभाबाट गएकाे वर्षको मुनाफाबाट लगानीकार्तालाई दिन वितरण गर्नका लागि प्रस्ताव गरिएको १६.५१% नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ । 

सभाले गएकाे आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब र नगद प्रवाहका बारेमा भइरहेका विषयमा छलफल गरी पारित गर्ने कार्यक्रमकाे सूची रहेकाे छ ।

यस्तै सभाका लागि बैंककाे प्रवन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साधारणा सभाका लागि मंसिर ७ गते बुक क्लोज हुने भएकाे छ ।

लगानीकर्ताहरुले साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि मंसिर ६ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

साधारणसभा मंसिर २५ गते दिउँसो १ बजेदेखि बाेलाइएकाे छ ।