नेपाल पुनर्बीमा कम्पनीकाे नाफा १०.४४ प्रतिशतले वृद्धि

-



     सफल आवाज    
     मंसिर २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ मंसिर । नेपाल पुनर्बीमा कम्पनीकाे नाफामा बृद्धि भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार समे नाफा देखिएकाे हाे ।

साे अवधिमा निर्जीवन बीमा व्यवसाबाट ५६ करोड ५० लाख ४४ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ । यस्तै जीवन बीमातर्फ १० करोड ८८ लाख ३१ हजार रुपैयाँ नाफा कमाउन सफल भएकाे छ।

कम्पनीकाे दुवै बीमा व्यवसायबाट ६७ करोड ३८ लाख रुपैयाँ नाफा भएकाे छ । याे नाफा गएकाे वर्षकोभन्दा १०.४४ प्रतिशतले बढी हो। गएकाे वर्षको नाफा ६१ करोड १ लाख रुपैयाँ रहेकाे थियो । लगानी कर्जा र अन्य आयबाट हुने आम्दानी १० करोड ८१ लाख रुपैयाँबाट बढेर १ अर्ब ३ करोड २४ लाख रुपैयाँ भएकाे छ ।  

असार महिनाससम्म निर्जीवन व्यवसायबाट ८ अर्ब ८७ करोड ६७ लाख ७१ हजार रुपैयाँ तथा जीवन बीमाबाट १ अर्ब ८८ करोड ९८ लाख १८ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको देखिन्छ । पुनर्बीमा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ छ ।

निर्जीवन व्यवसायतर्फ जगेडामा ६ अर्ब १३ करोड २ लाख रुपैयाँ रहेकाे छ । जीवन बीमातर्फ ६९ करोड ७६ लाख ६९ हजार रुपैयाँ रहेकाे छ । याे गएकाे वर्षकोभन्दा बढी हाे । 

कम्पनीको ईपिएस अर्थात प्रतिसेयर आम्दानी वार्षिक ५ रुपैयाँ ७८ पैसा र नेटवर्थ १६१ रुपैयाँ ०५ पैसा छ।