
काठमाडौं, २ मंसिर । साताको सुनचाँदीकाे कारोबार हुने अन्तिम दिन शुक्रबार आज नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । यसदिन सुनमा रुपैयाँ १ सयले बढेको छ । चाँदीमा रुपैयाँ ५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छfपावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको ९८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँ कायम भई कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि यसदिन रुपैयाँ १ सयले बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो ।
महासंघका अनुसार आज चाँदीमा रुपैयाँ ५ ले गिरावट भई तोलाको १ हजार २ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




