५८ मध्ये ९ वटा लघुवित्तले कमाए नाफा

-



     सफल आवाज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ मंसिर । चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्म ४९ वटा लघुवित्तकाे नाफा घटेकाे छ । ९ वटा लघुवित्तले भने नाफा कमाउन सफल भएका छन् ।

यस अवधिमा ५८ संस्थाको नाफा गएकाे वर्षकोभन्दा ३९.३९% ले घटेकाे देखिन्छ । यसरी घटेकाे रकम १ अर्ब ७२ करोड ४ लाख रुपैयाँ रहेकाे छ । गएकाे वर्षउनीहरुकाे नाफा रु २ अर्ब ८३ करोड ८४ लाख रहेकाे थियाे ।

लघुवित्तहरुको खराब कर्जा बढेकाे छ । प्रोभिजनमा धेरै रकम छुट्याएपछि नाफामा कमि भएकाे। उनीहरुकाे जगेडा कोष पनि १५% घटेकाे छ भने काेषमा २४ अर्ब ९९ करोड ३८ लाख रुपैयाँ रहेकाे छ । गएकाे वर्षमा कोषमा २९ अर्ब ४२ करोड रुपैयाँ रहेकाे थियो ।

चुक्ता पुँजीमा २२% ले बढेर २९ अर्ब ८५ करोड ९४ लाख रुपैयाँ पुगेको देखिन्छ । खुद ब्याज आम्दानी ४.८६% ले घटेर ६ अर्ब ८६ करोड ८७ लाखमा सिमित भएकाे छ । ईपिएस आम्दानी पनि घटेकाे छ ।

असोज महिनाकाे अन्तिमसम्म आउदा सबैभन्दा धेरै चुक्ता पुँजी, खुद ब्याज आम्दानी र खुद नाफा छिमेक लघुवित्तको देखिएकाे छ । स्वावलम्बन लघुवित्तको जगेडामा धेरै रकम देखिएको छ । ईपिएस आम्दानी नेष्डोको धेरै छ ।

पहिलो त्रैमाससम्म धेरै चुक्ता पुँजी छिमेक लघुवित्तको देखिन्छ । संस्थाको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ छ । निर्धन उत्थानको २ अर्ब १९ करोड रहेको छ । ५८ वटा संस्थामध्ये ९ वटाको पुँजी १ अर्बभन्दा माथि  रहेकाे छ ।

असोज महिनाकाे अन्त्यसम्म ५० लघुवित्तको चुक्ता पुँजी बढेको देखिन्छ । ८ वटाकाे स्थिर रहेकाे छ । आदर्श लघुवित्तको २ करोड ७ लाख रुपैयाँको पुँजी छ । सबैभन्दा धेरै सूर्योदय वोमीको पुँजी ९२.५% ले बढेको छ।