पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँड बुधबार हुने

-



     सफल आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ मंसिर । पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर (आइपीओ) भाेलि बुधबार बाँडफाँड गरिने भएकाे छ । सेयरकाे बाँडफाँड बिक्री प्रबन्धक सानिमा क्यापिटलकाे काठमाडौं नक्सालस्थित कार्यालयमामा अपरान्ह ४ बजे गरिने भएकाे हाे ।

कम्पनीले कात्तिक २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ बिक्रीमा ल्याएकाे थियाे। यसबाट २ लाख ८० हजार ३२० कित्ता सामूहीक लगानी कोषका लागि रहेकाे छ ।

१ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीका लागि रहेकाे छ । सेयरमा १२ लाख ३४ हजार ३१० जना लगानीकर्ताले १ करोड ४६ लाख २७ हजार ३९० कित्ता माग गरेका छन्। बाँकी रहेकाे ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणका लागि रहेकाे छ ।

कम्पनीकाे बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेकाे छ ।