१९२९.७० विन्दुमा झर्यो नेप्से, १ अर्ब बढीकाे कारोबार

-



     सफल आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ मंसिर । आईतबार र सोमबारको निर्वाचनकाे बिदापछि खुलेको नेपाली सेयर बजारको दृश्य सकारात्मक बन्न सकेन । साताको सेयर कारोबार हुने तेश्रो दिन आज मंगलबार सेयर बजार ओरालो लाग्दा लगानीकर्ताको मनोबल बढ्न सकेन ।

प्रतिनिधसभा तथा प्रदेश सभाकाे चुनावको सरगर्मिले बजारमा अर्थको पनि चलायमान हुने अवश्था आउने अपेक्षा गरिए पनि सो अनुसार नभकाे हाेकि भन्ने आकलन गरिएकाे छ । अब फेरि पर्ख र हेरको अवश्थामा पुर्याएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.१३ अंकले घटेर १९२९.७० विन्दुमा झरेको छ । नेप्सेमा ०.३७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.४७ अंकले घटेर ३७९.५९ विन्दुमा पुगेको छ ।

आज २२८ कम्पनीको ३७ लाख ६३ हजार ८३६ कित्ता सेयरको खरिद बिक्री भएको छ । यसबाट १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँ ६५ पैसा बराबरको कारोबार भएको छ ।

यसदिन कारोबारको आधारमा सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको १२ करोड १६ लाख ८ हजार ५९८ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

दोश्रोमा रहेकाे रिडी पावर कम्पनीको ८ करोड ६७ लाख ६३ हजार ९३४ रुपैयाँको कारोबार भएको छ । तेश्रोमा रहेकाे हिमालयन डिष्टिलरी लिमिटेडको ८ करोड ६० लाख १६ हजार ३३६ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

चौथोमा रहेकाे शिवम् सिमेन्टको ८ करोड ४३ लाख ६३ हजार १८८ रुपैयाँ बराबरको कारोबार भएको छ । पाँचौंमा रहेकाे न्यादी ग्रुप पावर लिमिटेडको ४ करोड ९० लाख १३ हजार ३९३ रुपैयाँ बराबरको कारोबार भएको पाइएकाे छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको कारोबार भएको छ । फाइनान्सको ६.२३ प्रतिशतले बृद्धि भएको छ । सबैभन्दा धेरै गुमाउनेमा यूनिलिभर नेपाल लिमिटेड रहेको छ । कम्पनीको सबैभन्दा धेरै ५.५८ प्रतिशतले घटेको छ ।