
काठमाडौं ७ मंसिर । ग्लोबल आइएमई बैंककाे सेयर नेप्सेमा समायाेजन भएकाे छ। बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि नेपाल स्टक एक्सचेन्जले नयाँ सेयरमूल्य कायम गरेकाे हाे ।
नेप्सेले बैंकको ३ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। सेयर समायाेजन भएपछि बैंकको सेयरमूल्य २४४ रुपैयाँ ८ पैसा कायम गरिएकाे छ। सेयरमूल्य असार १ गते भएकाे अन्तिम मूल्यका आधारमा समायोजन गरिएकाे नेप्सेले जनाएकाे छ । साे बेलामा बैंकको सेयरमूल्य प्रतिकित्ता २५१ रुपैयाँ ४० पैसा रहेकाे थियाे ।

ग्लोबल आइएमई बैंककाे बैंक अफ काठमाण्डूसँग गाभिने चरणमा रहेकाेले सेयर कारोबार असार २ गतेदेखि रोक्कामा रहेकाे छ।
ग्लोबल आइएमई बैंककाे १६औँ साधारण सभा मंसिर २३ गते डाकिएकाे छ । साधारण सभा काठमाडौँ, गैह्रीधारामा रहेकाे सिल्भर ओक बैंक्वेट एण्ड इभेन्ट्स सेन्टरमा डाकिएकाे छ । सभा बिहान १० बजे डाकिएकाे हाे । सभाबाट १३.६ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ।
सभाबाट दुबै बैंक मर्जरमा जाने बारे तयार पारिएकाे सम्झौता पत्रलाइ अनुमाेदन गरिने र अन्तिम स्वीकृती प्रदान गरीने भएकाे छ । साथै १ बराबर १ को सेयर स्वाप अनुपातलाइ अनुमाेदन गर्ने प्रस्तावहरु छलफल पछि पारित गरीने भएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




