
काठमाडौं, ३ कात्तिक । यसपटक बडादशैंकाे समयमा काठमाडाैंमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा देख्न नपाइने भएकाे छ । खरिद मूल्य नै बढी पर्ने र उपभाेक्ता मारमा पर्ने भएकाेले नल्याइने भएकाे हाे ।
खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको भएपनि मूल्य बढी पर्ने र उपभाेक्ता मारमा पर्ने देखिएपछि च्याङ्ग्रा नल्याउने निर्णय गरेकाे हाे ।
गत वर्षको भन्दा याे वर्ष च्याङग्राकाे मूल्य बढी पर्ने भएपछि सट्टामा विभिन्न जिल्लाबाट खसीबाेका ल्याएर बिक्री गर्ने जानकारी दिएकाे छ । बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैँमा खसीबोका र च्याङ्ग्राको बिक्रीवितरण गर्दै आएको थियो ।
कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले यस वर्ष खसीबोका मात्र बिक्री गरिने जानकारी दिएकी छन् । “बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा बिक्री वितरण गर्नुभन्दा नल्याउनु नै उचित भएकाे उनले बताइन ।
कोरोना भाइरसकाे महामारीकाे कारण याे वर्ष तिब्बतबाट च्याङग्रा मुस्ताङ ल्याउन नसकिएको हाे । कम्पनीले दाङ र मकवानपुर लगायतका जिल्लाबाट काठमाडाैंमा खसीबोका ल्याएको बताएकाे छ । काठमाडाैं ल्याइएका खसीबोकाे बिक्री वितरण आज बिहान ८ बजेदेखि थापाथलीकाे प्रादेशिक कार्यालयबाट बिक्री वितरण गरिने भएकाे छ । कम्पनीका अनुसार गत वर्षको भन्दा याे वर्ष खसीबोकाको मूल्य केहि बढी पर्नसक्छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



