ब्रोकर कम्पनीविरुद्ध नेप्सेको एक्सन, ४ कम्पनीको मार्जिन कारोबार अनुमतिपत्र खारेज

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ कात्तिक । ब्रोकर कम्पनी विरुद्ध नेपाल स्कट एक्सचेञ्ज (नेप्से) एक्सनमा उत्रिएको छ । नेप्सेले मार्जिन कारोबार सुविधा प्रदान गरिरहेका पाँच ब्रोकर कम्पनीको अनुमति पत्र खारेज भएको छ ।

नेप्सेले ब्रोकर नम्बर २८, श्री कृष्ण सेक्युरिटिज, ब्रोकर नम्बर ५२ सुन्धारा सेक्युरिटिज, ब्रोकर नम्बर १० प्रज्ञान सेक्युरिटिज, ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिज र ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिजको मार्जिन कारोबार सुविधा अनुमति पत्र खारेज गरेको हो ।

यी ब्रोकरहरुले चालू आर्थिक वर्षको लागि यो सुविधा नविकरण नगर्दा अनुमति पत्र स्वतः खारेज भएको नेप्सेले जानकारी दिएको छ । गत वर्ष नेप्सेले २२ ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सेवा प्रदान गर्नका लागि अनुमति प्रदान गरेको थियो ।

अनुमति प्राप्त कम्पनीहरुले प्रत्येक वर्ष मार्जिन कारोबार सेवा नविकरण गर्नुपर्ने व्यवस्था मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि , २०७५ मा रहेको छ । चालू आर्थिक वर्षका लागि १७ ब्रोकर कम्पनीहरुले भने मार्जिन कारोबार सुविधा नविकरण गराएका छन् ।