हिमालयन बैंकबाट बाहिरियो ज्योति ग्रुप, २४ करोड ४५ लाखको शेयर बिक्री

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ कात्तिक । चर्चित व्यवसायिक समूह ज्योति ग्रुपले आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको संस्थापक शेयर बिक्री गरेको छ । ज्योति ग्रुपले २४ करोड ४५ लाख रुपैयाँ भन्दा धेरै रकमको संस्थापक शेयर बिक्री गरेको हो ।

हिमालयन बैंकबाट ज्योति ग्रुप बाहिरिए पछि उसको स्वामित्वमा रहेको शेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको छ ।

ज्योति ग्रुपले हिमालयन बैंकको ८ लाख १५ हजार १७२ कित्ता संस्थापक शेयर बिक्री गरेको छ। ज्योति ग्रुपले प्रतिकित्ता ३०० रुपैयाँमा सो शेयर बिक्री गरेको हो। यस अनुसार ज्योति ग्रुपले २४ करोड ४५ लाख ५१ हजार ६०० रुपैयाँ बराबरको शेयर बिक्री गरेको हो।