निफ्राकाे शनिबार बस्ने साधारण सभाले नगद लाभांश पारित गर्ने

-



     सफल आवाज    
     मंसिर ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ मंसिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले भोलि शनिबार वार्षिक साधारण सभा डाकेकाे छ । सभाबाट कम्पनीले दिने ४.२१% नगद लाभांशकाे प्रस्ताव अनुमाेदन हुनेछ।

साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ । 

सभाबाट आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने, बैंकको प्रबन्धपत्र संशोधन लगायतका कार्य गर्नका लागि जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव छलफलपछि पारित गरिनेछ । 

साधारण सभालाई मध्येनजर गर्दै कम्पनीले मंसिर १ गते बुक क्लोज गरेकाे थियाे । कात्तिक ३० गतेसम्म नेप्सेमा सेयर काराेबार भइ कायम भएका सेयरधनीहरुले साधारण सभामा भाग लिन पाउनेछन् । साथै उनीहरु लाभांश पाउनका लागि याेग्य हुनेछन् ।

निफ्राकाे साधारण सभा बत्तिसपुतली, काठमाडौंमा रहेकाे अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वटमा बिहान ९ बजे डाकिएकाे छ ।