
काठमाडौं, ११ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुन र चाँदी शुक्रबारकै भाउमा खरिदबिक्री भई रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउ स्थिर रहेर तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअिघ शुक्रबार छापावाल सुन तोलाको ९७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको थियो ।
तेजाबी सुनको भाउमा पनि यसदिन कुनै परिवर्तन भएको छैन । तेजाबी सुन आज शुक्रबारकै भाउ तोलाको ९७ हजार ३ सय रुपैयाँ निर्धारण भई कारोबार भईरहेको छ ।
महासंघले जनाए अनुसार सेतो धातु चाँदीको भाउमा पनि यसदिन कुनै परिवर्तन भएको छैन । यसदिन चाँदीको भाउ पनि शुक्रबारकै भाउ तोलाको १ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




