प्रि-ओपन सेसनमा नेप्सेमा करिब १ अंक वृद्धि

-



     सफल आवाज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ मंसिर । साताको पहिलो कारोबार दिन आज आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात गएको बिहीबार ११.५६ अंक बढेर १९३३.५५ विन्दुमा बन्द भएको नेप्से आजको यो सेसनमा ०.८९ अंक बढेर १९३४.४४ विन्दुमा पुगेको छ । आजको यही सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.४२ अंक वृद्धि भएको छ ।

आजको प्रि ओपन सेसनमा ९ वटा स्टकको ८ लाख २७ हजार ८६६ रुपैयाँ बराबरको १ हजार ९२० कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ५ वटा स्टकको मूल्य बढेको छ भने एउटा स्टकको मूल्य घटेको छ । बाँकी ३ वटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।