काेराेनाकाे कारण लाेक सेवा आयोगकाे परीक्षा स्थगित

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७७ मा प्रकाशित



काठमाडाैं, ३ असाेज । लोक सेवा आयोगले कारोना भाइरसको संक्रमण जोखिमको कारण निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फकाे २०७७ कार्तिक १६ गते देखि सञ्चालन हुने भनिएका सम्पूर्ण लिखित परिक्षा स्थगित गरेको छ ।

आयोगले आज गरेकाे निर्णय अनुसार अर्को सूचना प्रकाशन नभएसम्मका लागि हाललाई लिखित परिक्षा स्थगित गरिएको सूचनामा जनाईएको छ ।

परिक्षामा सम्मिलित हुने उम्मेदवारहरुमा श्रृजना भएको भय, आयोगका कर्मचारीहरु संक्रमित भई परीक्षासंग सम्वन्धीत मुख्य शाखाहरु समेत बन्द गर्नु परेको आयोगले बताएकाे छ । यस्तै, कर्मचारीहरु आईसोलेसनमा रहेको कारण परीक्षामा जनशक्ति खटाउन कठिनाइ भएको आयोगले जनाएको छ ।