मौद्रिक नीति सकारात्मक देखिएसँगै चम्कियो सेयरबजार

-



     सफल आवाज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै सार्बजनिक गर्ने तयारी गर्दा र बजार अनुकुलको समिक्षा आउने आकलन बढेपछि नेप्सेमा चमक देखिएको छ ।

साताको पहिलो कारोबार हुने दिन आईतबार सेयर बजारमा हरियाली छाएको छ । १३ उपसमूहमध्ये १२ वटामा हरियो लागेको छ भने एक मात्र म्युचुअल फण्डको घटेको छ ।

नेप्से परिसूचकका साथमा कारोबार रकममा पनि निकै सुधार आएको छ । नेप्सेमा छाएको यसदिनको हरियाली वातावरणले लगानीकर्ताको मनोबल उच्च बनाएको छ । धमाधम लाभांश घोषणा भईरहेका र राष्ट्र बैंकले ल्याउने भनेको मौद्रिक नीतिमा सकारात्मक संकेत छन् भन्ने आकलन भईरहेको बेलामा सेयर बजार सकारात्मक लयमा गएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.६८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ५.३४ अंकले बढेर ३८६.२६ विन्दुमा पुगेको छ ।

फ्लोट सूचकांक ३.१४ अंकले बढेर १३८.७१ विन्दुमा रहेको छ । जसमा २.३२ प्रतिशले बढेको छ । सेन्सेटिभ फ्लोट सूचकांक १.७८ अंकले बढेर १२६.५८ विन्दुमा रहेको छ । यसमा २.१६ प्रतिशतले बढेर १२६.९५ विन्दुमा रहेको छ ।

यसदिन कुल २३३ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ४२ लाख २३ हजार ८६७ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ रुपैयाँ १४ पैसा बराबरको कारोबार भएको छ ।

आज कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडको ४५ करोड ४ लाख ७ हजार ११९ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

दोश्रो नबिल बैंक लिमिटेडको १२ करोड ३ लाख २१ हजार ९८८ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ । तेश्रोमा नेपाल टेलिकमको ९ करोड ७९ लाख ६३ हजार ८३३ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

चौथोमा शिवम् सिमेन्टको ८ करोड १८ लाख १ हजार ४२५ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ । पाँचौमा नेष्डो संमृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ करोड ६० लाख ५ हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन सबैभन्दा धेरै आर्जन गर्नेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । संस्थाको ८.२१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै एनबि हाईब्रिड फण्ड एल एक ३.११ प्रतिशतले घटेको छ ।