नेप्सेमा दोहोरो अंकको वृद्धि, ९५ कराेड बढीकाे कारोबार

-



     सफल आवाज    
     मंसिर १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेप्सेमा दोहाेरो अंकको बृद्धि भएको छ ।

१३ उपसमूहमध्येमा ७ वटामा हरियो लागेको छ । ६ वटा उपसमूहहरुमा भने रातो लागेको छ । कारोबार रकम भने तीन दिनको बीचमा घट्दै करोडमा सिमित रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक झिनो २.९९ अंकले बढेर १९५३.३५ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.१५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.०८ अंकले बढेर ३८२.६९ विन्दुमा पुगेको छ ।

यसदिन कुल २३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता सेयरको खरिदबिक्री भएको छ । यसबाट ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ ९६ पैसा बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी हिमालयन डेभलपमेन्ट बैंकको ९ करोड ७२ लाख ७५ हजार ३८२ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

दोश्रो बनिल बैंकको ४ करोड ३१ लाख ६१ हजार ८९२ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ । तेश्रोमा शिवम् सिमेन्टको ४ करोड २२ लाख ४ हजार ९३५ रुपैयाँ १० पैसा बराबरको करोबार भएको छ ।

चौथोमा नेष्डो संमृद्ध लघुवित्त वित्तीय संस्थाको ३ करोड १८ लाख ५९ हजार ४२१ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ । पाँचौमा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेडको २ करोड ५२ लाख २५ हजार ७९१ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६.१० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै एनआईसि एशिया व्यालेन्स्ड फण्डको ४.६० प्रतिशतले घटेको छ ।