नेपाली अर्थतन्त्र अत्यन्त जटिल माेडमा पुगेकाे छ, बेलैमा सचेत बनाैं : अध्यक्ष गोल्छा

-



     सफल आवाज    
     मंसिर १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ओरालाे लागेकाे अर्थतन्त्र जोगाउन राज्यले उचित कदम चाल्नुपर्ने बताएका छन्। महासंघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोल्छाले अहिले नेपालकाे अर्थतन्त्र अत्यन्त जटिल माेडमा पुगेकाे बताएका हुन् ।

अहिले संकलन भएकाे राजश्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको गाेल्छाकाे भनाइ थियो ।अहिले मूल्यवृद्धि समेत ६ वर्ष यताकै उच्च रहेको भन्दै यसले पनि अर्थतन्त्रलाई तहसनहस गरेको उनले बताए । चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले पनि विद्यमान समस्यालाई सम्बोधन गर्न नसकेको उनको भनाइ थियो ।

‘अहिले, सरकार, सर्वसाधारण र निजी क्षेत्र सबै नकारात्मक रुपमा प्रभावित भएका छौँ । यो अर्थतन्त्रमा निराशाको अवस्था हो,’ उनले भने । अझै पनि हामी सचेत भएनौँ भने अर्थतन्त्र दुर्घटनामा पर्ने उनको धारणा थियो ।

सहज रुपमा उत्पादन र आपूर्ती भएको अवस्थामा राज्यको राजश्व संकलन तथा सर्वसाधारणको रोजगारी सुनिश्चित हुने भन्दै यसतर्फ राज्यको ध्यान जान जरुरी रहेको महासंघका अध्यक्ष शेखर गोल्छाले बताए ।