युनाइटेड इदी मर्दीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ मंसिर । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरकाे लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम दिन रहेको छ। लाभांशकाे प्रस्ताव पारित गर्नका लागि कम्पनीकाे १३ औँ साधारणसभा मंसिर २८ गते बाेलाइएकाे छ ।

कम्पनीकाे साधारणसभा र लाभांश वितरणकाे प्रयोजनका लागि मंसिर १६ गते शुक्रबार बुकक्लोज हुने भएकाे छ । यसका लागि सेयरधनीहरुले आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

यसरी कायम भएका सेयरधनीहरुले नै साधारणसभामा भाग लिन पाउनेछन् । साथै उनीहरु नै लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन् ।

सभाबाट यसअघि घाेषणा गरिएकाे १०.५२६ प्रतिशत नगद लाभांशकाे प्रस्ताव पारित गरिने भएकाे छ । साथै लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक तोक्ने लगायतका एजेण्डाहरुमाथि छलफल गरी पारित गरिने भएकाे छ । साधारणसभा मंसिर २८ गते आभ्या क्लब, धारीपाटन, पोखरामा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।