बढ्यो सुन र चाँदी दुवैको भाउ, कति पर्छ तोलाको ?

-



     सफल आवाज    
     मंसिर १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ५ सय तथा सेतो धातु चाँदीमा रुपैयाँ ४० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि छापावाल सुनको भाउ रुपैयाँ ५ सयले बढेर तोलाको ९८ हजार १ सय रुपैयाँ निर्धारण गरेको जनाएकाे छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण भई कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि यसदिन रुपैयाँ ५ सयले बृद्धि भएर तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९७ हजार १ सय रुपैयाँ तोकिएको थियो भने कारोबार सोहि मूल्यमा भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ४० ले बृद्धि भएर तोलाको १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदीकाे भाउ तोलाको १ हजार २ सय ९० रुपैयाँ तोकिएको थियो ।