
काठमाडौं, १६ मङ्सिर । पछिल्लो ११ महिनामा ५ लाख ४९ हजार ६ सय ५६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म ५ लाख ४९ हजार ६ सय ६५ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
बोर्डका अनुसार नोभेम्बर महिनामा ७२ हजार ६ सय ५३ पर्यटक नेपाल आएका छन् । अघिल्लो अक्टोबरमा ८८ हजार ५ सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । अप्रिलमा ६१ हजार ५ सय ८९ र सेप्टेम्बरमा ५८ हजार ३ सय १४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
त्यस्तै अगष्टमा ४१ हजार ३ सय ४, जुलाइमा ४४ हजार ४ सय ६२ र जुनमा ४६ हजार नौ सय ७५, मेमा ५३ हजार छ सय आठ, मार्चमा ४२ हजार छ, फेब्रुअरीमा १९ हजार सात सय ६६ र जनवरीमा १६ हजार नौ सय ७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । नोभेम्बरमा पनि भारतबाट २० हजार आठ सय ३२ पर्यटक आएका छन् ।
अमेरिकाबाट सात हजार आठ सय ३१, बेलायतबाट पाँच हजार एक सय ६५ र अष्ट्रेलियाबाट तीन हजार तीन सय ७५ पर्यटक नेपाल भित्रिएका छन् । यस्तै बङ्गलादेशबाट दुई हजार दुई सय १८, थाइल्यलाण्डबाट दुई हजार चार सय ४१ पर्यटक आएका छन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




