
काठमाडौं, १३ साउन । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका छन् ।
यो गोप्य भेटमा महासचिव विष्णु पौडेल समेत सहभागी रहेको स्रोतले बतायो ।
ओलीले मंगलबार स्थायी कमिटी बैठक एकपक्षीय रुपमा स्थगित गरेपछि प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा गौतम पनि सहभागी थिए ।
उपाध्यक्ष गौतमले ६ बुँदे सुझाव दिदै प्रधानमन्त्री ओलीले राख्दै आएको अडानमा सहमति जनाएका छन् । यस अघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहमा रहेका गौतमले गुट परिवर्तन गरेर ओली पक्षमा गएसँगै नेकपामा नयाँ समिकरण बन्ने भएको छ ।
केहि समय यता नेकपाको आन्तरिक विवाद निकै उत्कर्षमा पुगेको छ । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट ओलीले राजिनामा दिनु पर्ने बताउदै आएका छन् ।
तर दुबै पद नछाड्ने अडानबाट ओली भने डगमगाएका छैनन् ।