सेयर बजारमा पहिराे, नेप्से परिसूचक २३ अंकले घट्याे

-



     सफल आवाज    
     श्रावण १४ गते २०७७ मा प्रकाशित



काठमाडौं,१४ साउन । सेयर बजारमा आज २३.३६ अंकको गिरावट आएको छ । यद्यपि, कारोबार भने १ अर्ब ६८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । समग्रमा बजार १.६१ प्रतिशतले घटेको हो । बुधबार १८७ कम्पनी कारोबारमा आएका थिए । ३८ लाख ३९ हजार ६७१ कित्ता सेयर कारोबार भएको छ । सबै समूहमा गिरावट आएको छ ।

सबैभन्दा बढी जिव बिमा कम्पनी १९०.८२ अंकले घटेको छ । निर्जिवन बिमा कम्पनी १५९.८७ अंकले घटेको छ । होटल समुह ५९.५ अंकले घटेको छ । कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा बढी छ । यसको १५ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, नेपाल लाइफ इन्सुरेन्स, एनआइसी एसिया बैंक पनि बढी कारोबार हुनेमा पर्दछन् ।