सनराइजमा लफडा निम्ताउने सञ्चालकको त्यो चिठी…

- सनराइज बैंकको विवाद समाधान भएको हो ?

-



     रेबिका आचार्य    
     श्रावण १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ साउन । सनराइज बैंकमा देखिएको सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको विवाद तत्कालका लागि समाधान भएको छ । सीईओ शर्मालाई हटाउनका लागि अन्तिम अस्त्र प्रहार गरिसकेपछि नेपाल राष्ट्र बैंकले सञ्चालकहरुलाई बोलाएको थियो । राष्ट्र बैंकले सीईओ नहटाउन भनेपछि अन्तिम अस्त्र पनि तत्कालका लागि रोकिएको छ । अर्थात बैंकका सीईओ जनकशर्मा पौड्याल तत्काल हट्ने छैनन् ।

निकै उत्कर्षमा आएको विवाद अब केहि समयका लागि समाधान भएको बैंकका सञ्चालकहरु बताउछन् । तर यो समाधान दीर्घकालिन भने नभएको उनीहरुको तर्क छ । ‘राष्ट्र बैंकले भने पछि मान्नै पर्यो, नियामकको निर्देशन नमाने अर्को समस्या आइलाग्ला’ ति सञ्चालकले भने, ‘तर यो समस्या सधैका लागि समाधान भएको होइन, काम गर्न नसक्नेहरु बसेर काम छैन ।’

उनले व्यवहार सुधारेर राम्रो काम गरेको अवस्थामा भने सबै सञ्चालकहरुले समर्थन गर्ने बताए । बैंकको बुधबार बस्ने भनेको सञ्चालक समिति बैठक पनि बस्न सकेन । बैंकमा के लफडा भएको थियो ? अनि कसरी उत्कर्ष पुग्यो भन्ने प्रमाण सफल आवाज डटकमलाई प्राप्त भएको छ ।

प्राप्त प्रमाणका अनुसार पहिले कर्मचारी नियुक्तिको विषयले विवाद बढेको थियो । सीईओ पौड्यालले बाहिरबाट कर्मचारी ल्याएर ठूलो पोष्टमा राखेपछि त्यहाँका कर्मचारी असन्तुष्ट थिए । यो विवाद सञ्चालक समितिमा पुग्यो । केहि सञ्चालकहरुले यसको तीव्र विरोध गरे । तर सीईओले भने अटेर गरिरहे ।

त्यसपछि मालचन्द दुगड, शैलेन्द्र गुरागाईंसहित ५ जना सञ्चालकहरुले सीईओलाई हटाउन दवाव दिएका थिए । तर अध्यक्ष मोतिलाल दुगड भने सीईओको पक्षपोषण गरिरहेका थिए । यद्यपि, ५ जना सञ्चालकको लिखित दवाव पछि अध्यक्ष पनि स्पष्टिकरण सोध्न बाध्य भए ।

सफाई पेश गर्न भन्दै अध्यक्षले सीईओलाई ‘तपाईलाई सीईओ पदबाट किन नहटाउने ?’ भन्दै पत्र पठाएका थिए । त्यसको जवाफ पनि उनले सञ्चालक समितिमा पठाइसकेका छन् । तर बैठक नबसेपछि यस विषयमा छलफल हुन सकेको छैन ।
सफल आवाजलाई प्राप्त उक्त चिठी यस्तो छः