काठमाडौं प्रवेशमा फेरि कडाइ

-



     सफल आवाज    
     श्रावण १५ गते २०७७ मा प्रकाशित



काठमाडौं । गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाएको हो ।

उपत्यका बाहिरबाट आएका यात्रुहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए लगतै मन्त्रालयले यो कदम चालेको हो ।